दफा
नीतिका प्रमुख उद्देश्यहरु
९.१ सूचना तथा सञ्चार प्रविधिलाई सबैको पहुँच र क्रयशक्ति योग्य (Affordable) बनाउने ।

९.२ सूचना तथा सञ्चार प्रविधि मार्फत दिगो, फराकिलो र समावेशी आर्थिक सामाजिक विकास गर्ने ।

९.३ सूचना तथा सञ्चार प्रविधि पूर्वाधारको विकास र विस्तार गर्ने ।

९.४ सम्भावित वातावरणीय, आर्थिक सामाजिक तथा प्रविधिको क्षेत्रमा आउने चुनौतिहरुको सामना गर्न सूचना तथा सञ्चार प्रविधिको नवीनतम प्रयोग, खोज एवं अन्वेषणलाई प्रोत्साहन गर्ने ।

९.५ सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा मानव संसाधनको विकास गर्ने र सूचना तथा सञ्चार प्रविधि मार्फत मानव संसाधन विकासका अवसरहरु सृजना गर्ने ।

९.६ सूचना तथा सञ्चार प्रविधिको प्रयोगबाट सुशासन प्रवर्द्धन गर्ने ।